arrow

जबराले आज शपथ लिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
pashupati-rana1.jpg

काठमडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का समानुपातिक सांसद पशुपति शम्सेर जबराले आज पद तथा गोपनीयतको शपथ लिँदै छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयतको शपथ गराउँदै छिन् । 

शपथ ग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो हुँदै छ । नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको छ । 

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ । 

सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ दिलाउनुपर्छ । सो व्यवस्थाअनुरूप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नव निर्वाचित अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

नेपालको संविधानअनुसार सङ्घीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ । 

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ