arrow

रवि लामिछानेलाई सांसदको शपथ लिन खुल्यो बाटो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
rastriya-swatantra-party-ravi-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ गर्ने बाटो खोलिदिएको छ । उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि बुधबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ । योसँगै लामिछानेलाई सांसद पदको शपथ लिन बाटो खुलेको हो । 

नागरिकतामाथि वैधानिकताको प्रश्न उठाउँदै लामिछानेको सांसद पद खारेजीको माग राखेर अधिवक्ता युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरेका थिए । उनीहरुले अन्तरिम आदेश माग गर्दै लामिछानेको सांसद पद खारेज गर्नुपर्ने जिकीर गरेका थिए । 

तर बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको हो । 

योसँगै भोलि सबै सांसदले शपथ लिँदै गर्दा रविले पनि शपथ लिनेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ