arrow

राप्रपा प्रचण्ड सरकारमा नजाने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
raprapa--new.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारमा नजाने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा आफ्नो पार्टी नजाने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

उनले भने, ‘अहिले हामी सरकारमा जादैनौँ । सरकारलाई समर्थन मात्रै गर्छौं ।’ 

राप्रपाभित्र सरकारमा जाने भन्दा नजानेहरुको बहुमत भएसँगै नेतृत्वले सरकारमा नजाने निर्णय गर्नुपरेको हो । राप्रपाका एक नेताले भने, ‘पाका नेताले सरकारमा जान खोज्नु भएको थियो । बहुमत युवाले नजाने भनेपछि रोकियो ।’

राप्रपाका पाका सांसदहरु दीपक बोहरा, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे लगायतले सरकारमा जानुपर्नेमा जोड गरेका भए पनि अध्यक्ष लिङ्देनसहितको टोली भने सरकारमा सहभागी हुन नहुनेमा अडिग रह्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ