arrow

प्रहरीलाई नेताको घरमा नजान गृहमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
ravi-lamichhane-home-minister-2079-09-11.jpg
तस्बिर – फाइल ।

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुवाका लागि नेताहरुको घरघरमा नजान प्रहरीलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुगेका गृहमन्त्री लामिछानेले सरुवा बढुवाका लागि नेताहरुको घरघरमा नजान निर्देशन दिएका हुन् । 

उनले कानून र विधिसम्मत प्रहरीको बढुवा र सरुवा हुने भन्दै सोहीअनुसार आचारण देखाउन निर्देशन दिएका हुन् । 

‘उपप्रधान तथा गृहमन्त्रीज्यू आज प्रहरी प्रधान कार्यालयमा निरीक्षणका लागि आउनु भएको थियो,’ प्रहरी प्रवक्ता टेकप्रसाद राईले भने, ‘प्रहरीको सरुवा बढुका कानून र विधिसम्मत् हुने गृहमन्त्रीज्यूले बताउनुभयो ।’ 

कानून र विधिसम्मत् प्रहरीले गर्ने कार्यमा मन्त्रालयको सहयोग रहने र कुनै पनि हस्तक्षेप नहुने गृहमन्त्री लामिछानेले बताएका प्रवक्ता राईले जानकारी दिए । 

कामको शिलशिलाबाहेक राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका अधिकारीसँग विभागीय अनुमतिबिना नभेट्न प्रहरीलाई  निर्देशन दिएको भोलिपल्ट उपप्रधान तथा गृहमन्त्री लामिछाने प्रहरी प्रधान कार्यालयमा पुगेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ