arrow

पोखरा महानगरपालिकाका सबै कार्यालय र शैक्षिक संस्थामा आइतबार बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १६ शनिबार
Pokhara-Mahanagarpalika.jpg

पोखरा । पोखरा महानगरपालिकाको सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा आइतबार बिदा दिइएको छ । 

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ हुने भएकाले सो कार्यक्रममा व्यापक जनसहभागिता जनाउन बिदा दिइएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए । 

विमानस्थल आइतार प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । 

पोखरा महानगरपालिकाले पोखरेलीको वर्षौंदेखिको सपना पूरा भएको उल्लेख गर्र्दै विमानस्थल शुभारम्भ अघिको झाँकीसहितको र्यालीमा सहभागी भइदिन सबै संघसंस्थालाई आग्रह गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ