arrow

थपियो अर्को अन्तर्राष्ट्रिय विमानस्थल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
pokhara-airport-inauguration-2079-09-17.jpg

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै शुरु गर्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताए ।
    
“मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ”, उनले भने, “यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।” 

प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठक आफ्नो गुरु भएको भन्दै प्रधानमन्त्री दाहालले उनको प्रशंसा गरे । 
    
प्रधानमन्त्री दाहालले चीनसँगको सीमा नाका खुलाइ सहज बनाउने तथा रेलसेवा लगायतका परियोजना निर्माणमा सहयोग गर्नसमेत चीन सरकारसमक्ष आग्रह गरे । उनले पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै सिङ्गो राष्ट्रको आर्थिक विकास हुनेमा दुई मत नरहेको उल्लेख गरे । 

“म गण्डकी प्रदेशबाट निर्वाचित भई प्रधानमन्त्री बनेको छु, यहाँका जनताले मलाई तेस्रोपटक प्रधानमन्त्रीका रुपमा सेवा गर्ने अवसर दिनुभएको छ, यसका लागि धन्यवाद दिन चाहन्छु”, उनले भने ।
    
सामाजिक न्याय, सुशासन र जनताको समृद्धिको मूल मन्त्र बनाई आफू नेतृत्वको सरकारले काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । “मैले यसअघि लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरे, अब आर्थिक विकास, समृद्धि तथा सुशासन प्रवद्र्धन गर्दै देशलाई विकासको गतिमा अघि बढाउने छु”, उनले भने ।

पोखरा विमानस्थल निर्माणका लागि कुल लगानी करिब रु २२ अर्बमध्ये २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत ऋणमा लिइएको थियो । चीनलाई यो बाँकी ऋण पनि अनुदानमा परिणत गर्न मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आग्रह गरेका छन् । 

यदि यो ऋण तिर्नुपर्ने भयो भने विमानस्थलको आम्दानीलेमात्र धान्न सक्ने अवस्था नरहेको बताइन्छ । 

त्यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थललाई संघीय सरकारले पनि सघाउने बताएका छन् । 

1672568482382.jpeg
1672568482371.jpeg
1672568482353.jpeg
1672568482336.jpeg
1672568482421.jpeg
1672568482319.jpeg
1672568482393.jpeg
1672568482407.jpeg
1672568482438.jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ