arrow

कुर्मी मृत्यु प्रकरण : अनशनरत खानलाई रविले गरे टेलिफोन

  कुर्मी मृत्यु प्रकरणको प्रतिवेदन पेस गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
ravi-lamichhane-home-minister-2079-09-11.jpg

काठमाडौं । निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा अनशनरत महिला अधिकारकर्मीलाई अनसन तोड्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आग्रह गरेका छन् । निर्मला कुर्मीको न्यायका लागि तेस्रो पटक अनशनरत महिला अधिकारकर्मी रुवी खानलाई टेलिफोन गरी अनशन स्थगन गरी अनुसन्धानलाई सहज बनाइदिन लामिछानेले आग्रह गरेका हुन् ।

हाल निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणका दोषीलाई कारबाही गरी पीडितलाई उचित न्याय दिन भन्दै अधिकारकर्मीहरूले काठमाडौँको माइतीघरमा धर्ना तथा रिले अनशन थालेका छन् ।तेस्रो चरणको आन्दोलनमा डा. गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् । 

यता बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा सोमबार गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफलमा मन्त्री लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

गृहमन्त्री लामिछानेले सिआइबीलाई चाँडोभन्दा चाँडो प्रतिवेदन आउने गरी स्वतन्त्र पूर्वक उक्त घटनाको छानबिन गर्न पनि निर्देशन दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ