arrow

फिदिममा आगलागी, दुई जनाको ज्यान गयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
aaglagi-ko-news-aa.jpeg

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नं. ८ स्थित मेगबहादुर गुरुङको घरमा गएराति आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गुरुङकी बुहारी २३ वर्षीया आसानसिंह थेबे र २२ वर्षीय छोरी ममता गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आगलागीमा परी ५५ वर्षीय मेघबहादुर गुरुङ र छोरा बीजेन्द्र गुरुङ घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

उक्त घरमा सात जना रहेकोमा तीन जना भने भागेर बच्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाले जानकारी दिए ।

डीएसपी खतिवडा नेतृत्वको प्रहरी टोली र स्थानीयले करिब तीन घण्टामा आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ