सर्वदलीय बैठक : सभामुखको ७ माघ र उपसभामुखको ९ माघमा निर्वाचन गर्ने प्रस्ताव
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
648
Shares
काठमाडौँ। सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचनको मिति प्रस्ताव गरिएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको आह्वानमा शुक्रवार बसेको सर्वदलीय बैठकमा आउँदो ७ माघमा सभामुख र ९ माघमा उपसभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो। उक्त मितिप्रति दलहरू सकारात्मक देखिएका बैठकमा सहभागी नेताहरूले जानकारी दिएका छन्।
सङ्घीय संसद्को अधिवेशन २५ पुसबाट सुरु हुँदै छ। प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।