arrow

राप्रपाको पहुँचको बलमा पूर्वराजाको सक्रियता बढ्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
Gyanendra-shaha.jpg.jpeg

काठमाडौं। मङ्सिर ४ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधिसभामा १४ सिट हासिल गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो प्रभावलाई बढाउन थालेका छन् । 

केही समय अघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेका पूर्वराजा शाहले प्रतिनिधिसभाका सांसदलाई पनि भेटेका छन् । 

पूर्वराजाले राप्रपाका सांसदहरूलाई चितवन र बाराको सिमरामा भेटेको सार्वजनिक भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने तयारीमा भएको पूर्वराजाको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

प्रचण्डले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । प्रचण्ड विश्वासको मत लिने तयारीमा रहँदा पूर्वराजाले सक्रियता बढाएको यसले पुष्टि गरेको छ । 

प्रचण्ड सरकारलाई समर्थन गरेको राप्रपाले पनि प्रचण्डलाई विश्वासको मत दिने तयारीमा छ । राप्रपाले विश्वासको मत नदिए प्रचण्ड नेतृत्वको सरकार अफ्टयारो अवस्थामा पुग्न सक्छ । 

प्रचण्ड पनि राप्रपालाई फकाउन जोड दिँदै आएका छन् । प्रचण्डले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने घोषणा गरिसकेका छन् । 

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले दौरा सुरुवालमा लिएको शपथ ग्रहण पनि राप्रपालाई रुझाउनका लागि गरिएको बताइँदै आइएको छ । 

राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकमा पाँच लाख ८८ हजार आठ सय ४९ मतसहित ७ सिट जित हात पारेको थियो ।

 १४ सिटे राप्रपाको चाबी पूर्वराजा ज्ञानेन्द्र शाहको हातमा रहेको छ । पूर्वराजाले कमल थापालाई फ्यालेर राजेन्द्र लिङदेनलाई पार्टी अध्यक्ष बनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ