सांसद्को पहिलो अधिवेशन शुरु : जबराले पढेर सुनाए राष्ट्रपतिको पत्र
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
682
Shares
काठमाडौं । मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि पहिलो पटक प्रतिनिधि सभाको अधिवेशन शुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा १ बजेबाट प्रतिनिधि सभाको पहिलो अधिवेशन शुरु भएको हो ।
प्रतिनिधिसभाको बैठक सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।
यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाएका छन् ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा (एमाले) का ७९, नेकपा ९माओवादी केन्द्र० का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा ९एकीकृत समाजवादी०का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक-एक तथा स्वतन्त्र पाँच सांसद छन् ।