राजनीतिलाई भावना र उत्तेजना भन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नु छ : प्रधानमन्त्री प्रचण्ड
यो सम्मानित र सार्वभौम संसद नेपाली इतिहासको एउटा नयाँ भाष्य रच्न सफल हुनेछ: प्रधानमन्त्री प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
521
Shares
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ संसद्को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै यो सांसदले एउटा नयाँ इतिहास रच्न सफल हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन्।
सोमबार देखि मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि पहिलो पटक प्रतिनिधि सभाको अधिवेशन शुरु भएको हो ।
प्रतिनिधिसभाको अधिवेशनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिलाई भावना र उत्तेजना भन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नुपर्ने समेत बताएका छन् ।
उनले अहिले सबै सांसदहरूमा केही गर्नु छ भन्ने हुटहुटी रहेको र त्यो नै ससदको ऊर्जा भएको समेत बताएका छन् ।उनले भने, 'तपाईँहरूमा पक्कै एउटा आवेग र केही गरि छाड्ने हुटहुटी छ त्यो यो संसद्को नयाँ शक्ति हो । र मलाई विश्वास छ तपाईँहरूको आवेग रचनात्मक हुनेछ । केही हुँदिन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भन्ने आशा र उत्साह जनाउनु छ।'
यस्तै उनले यो सांसदका अभ्यासहरूले जनताले गौरव गर्ने वातावरण बन्ने समेत विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भनेका छन्,'राजनीतिलाई भावना र उत्तेजना भन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नु छ । विभेद र वहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु छ । आर्थिक क्रान्तिको साझा सङ्कल्प गर्दै समृद्ध र न्याय पूर्ण राष्ट्र निर्माण गर्नु छ । म आशावादी छु । यो प्रतिनिधिसभा सार्थक संवादको थलो बन्ने छ । हाम्रा अभ्यासहरूमा जनताले गौरव गर्ने वातावरण बन्नेछ । हाम्रा त्यो सङ्कल्प हामी सबैले लिनु परेको छ।'
यस्तै उनले अघि भनेका छन्, 'राष्ट्रको आवश्यकताको बारेमा हामी विवेक पूर्ण निर्णय लिन सक्नेछौँ । सहमति मात्र हैन मतभेद पनि मर्यादा पूर्ण हुनेछन् । कम्तीमा मेरो प्रयास र अपेक्षा यसैमा केन्द्रीत हुनेछ । यो सम्मानित र सार्वभौम संसद नेपाली इतिहासको एउटा नयाँ भाष्य रचना गर्न सफल हुने विश्वासका साथ सबै माननीय सदस्यलाई बधाई।'