arrow

कक्षमै स्याटेलाइट नपुगेपछि पहिलो युरोपेली देश बन्ने बेलायतको सपना तुहियो

अन्तरिक्षका लागि आफ्नो स्याटेलाइट प्रक्षेपणमा बेलायत असफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
uk-rocket-launch-fails.jpg

काठमाडौं । साना भू-उपग्रह अथवा स्याटेलाईट प्रक्षेपण गर्ने कम्पनी भर्जिन अर्बिटले मंगलबार आफ्नो रकेटमा देखिएको समस्याका कारण प्रक्षेपण गरेको बेलायती स्याटेलाइट कक्षमै पुग्न असफल भएको बताएको छ ।

अन्तरिक्षमा भू-उपग्रह प्रक्षेपण गर्ने पहिलो युरोपेली देश बन्ने बेलायतको प्रयासलाई यो असफलताले असफल पारेको छ ।

भर्जिनको लन्चरवान रकेटलाई प्रक्षेपण मिशनका लागि कस्मिक गर्ल भनिने बोइङ ७४७ मा राखिएको थियो । यो प्रक्षेपण प्रयास दक्षिणपश्चिम इङ्गल्यान्डको न्यूक्वेको समुद्री किनारको सहरबाट गरिएको थियो । रोयटर्सका अनुसार रकेट पछि एट्लान्टिक महासागरमा छोडिएको थियो।

विमान इन्जिनियरिङ कम्पनीले कस्मिक गर्ल भनिने जहाजबाट रकेट प्रक्षेपण गरिएको एक घण्टा भन्दा कम समयपछि रकेटको समस्या सार्वजनिक गरेको हो ।

कस्मिक गर्ल जहाजले ३५ हजार फिट माथि लगेर रकेटलाई छोड्छ र त्यसपछि त्यसले पृथ्वीको कक्षको यात्रा तय गर्छ । यद्यपि, युरोपको इतिहासमै पहिलो पटक आफ्नो स्याटेलाईट पुर्‍याउने बेलायतको यो प्रयास असफल भएको छ ।

चीन, रुस, अमेरिकाले आफ्नै देशबाट आफ्नो स्याटेलाईट प्रक्षेपण गर्दै आएका छन् । अन्य केही देशहरूले यी देशहरूबाट आफ्ना भूउपग्रह अन्तरिक्षमा राखेका छन्, भने कोही यिनीहरूकै अन्तरिक्ष कार्यक्रममा सहभागी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ