विश्वासको मत पाइसकेपछि प्रधानमन्त्रीले भने : प्रतिबद्धता भुल्दिन
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
573
Shares
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै प्रतिबद्धता नभुल्ने बताएका छन्। २७५ सदस्य रहेको प्रतिनिधिसभाको बैठकमा २७० जना सांसद उपस्थित भएकोमा प्रचण्डले २६८ मत पाएका छन्। उनको विपक्षमा २ मत परेको छ।
२७५ सदस्यीय संसद्मा काँग्रेसका एक जना सांसद निलम्बनमा परेका छन् भने मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत अनुपस्थित भएका थिए। भने ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा सभामुखको भूमिकामा थिए।