arrow

उपराष्ट्रपतिमा राप्रपाको दाबी, पशुपति शमशेर इच्छुक

सरकारमा नजान पुर्व राजाको राप्रपालाई सन्देश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
rajendra-pashupati-cp.jpg
फाइल तस्विर।

काठमाडौं । यति बेला राष्ट्रिय प्रजातन्त्र पार्टी सत्ता गठबन्धनमा सहभागी भएको छ । सरकारमा जाने निर्णय पनि गरिसकेको छ । सरकारमा जाने निर्णय गरे लगत्तै बाग्मती प्रदेशमा सभामुख दाबी गरिरहेको छ । त्यहाँ सभामुख दिने सहमति पनि भएको छ । 

साथै संसद्मा ज्येष्ठ सदस्यको हैसियतले राप्रपाबाट समानुपातिक सांसद रहेका पशुपति शमशेर राणाले सभामुखका हैसियतमा संसद् चलाइरहेका छन् । माघ ५ गतेसम्म संसद् उनले कमाण्ड गर्नेछन् । 

राप्रपाले राजनीतिक मिसन भनेको राजसंस्थालाई पुनर्स्थापित गराउनु हो । साथै हिन्दु राज्य कायम गर्ने अर्को मुद्दा पनि साथै बोकिरहेको छ । राप्रपाका यी दुई मध्ये सङ्घीयता पनि चाहिँदैन भनेर बेला बखत भन्दै आएको छ । तर सङ्घीय व्यवस्था स्वीकार गरेको र यही संविधानभित्र बसेर निर्वाचन लडेका कारण राप्रपा यी सबै देखाउने दाँत मात्रै हुन भन्ने राजनीतिक रूपमा पुष्टि हुन्छ ।  

यद्यपि अहिलेसम्म मुद्दा नछाडेको भन्दै निर्वाचनमा सहभागी भइरहेको छ । २०७४ र २०७५ सालको निर्वाचनमा सहभागी भएको राप्रपाले अहिले आफूलाई १२ सिटको हकदार बनाएको छ । सत्तामा पनि राम्रो हैसियतसहित जान खोजिरहेको छ । यस्तो अवस्थामा राप्रपाले सत्ता गठबन्धन दलहरूसँग अर्को पनि प्रस्ताव गरेको छ । 

राष्ट्रपति र सभामुख एमालेको भागमा परेपछि उपसभामुख कुनै साना दलहरूलाई दिने तयारी छ । उपराष्ट्रपतिमा माओवादी आफैको दाबी छ । अहिले भने राप्रपाले पनि दाबी गरेको स्रोतले जनाएको छ । राप्रपाको तर्फबाट पशुपति शमशेर राणाले उपराष्ट्रपति दाबी गरेको स्रोतले जनाएको छ । ‘राप्रपाले उपराष्ट्रपति माग्न थालेको छ, त्यसमा पनि राणाले रहर गरेको बुझिन्छ’, सत्ता गठबन्धन दलका एक नेताले भने । उनका अनुसार भोलि पाउला नपाउला त्यो बेग्लै कुरा हो तर आजको दिनमा राप्रपाले पनि उपराष्ट्रपति मागेको विषयमा दलहरूभित्रै हाँसो उत्पन्न भएको छ । 

‘आफूलाई राजावादी भन्ने पार्टीका नेताहरूले यस्तो प्रस्ताव गर्नु राम्रो कुरा हो’, उनले भने‘यसलाई हामीले अर्को ढङ्गले पनि बुझेका छौ, त्यो भनेको राप्रपा आफै सुधार हुन खोजेको हो कि डिजाइन हो, यसबारे सोच्नुपर्ने भएको छ’, सत्ता गठबन्धनका एक नेताको भनाई थियो । 

राप्रपाले सरकारमा जानुअघि पूर्व राजा ज्ञानेन्द्रसँग पनि छलफल गरेको थियो । राप्रपाका नेताहरू धवल शमशेर राणा लगायतले बाराको सिमरा पुगेरै छलफल गरेका थिए । पूर्व राजाले सरकारमा नजान सन्देश दिएको स्रोतको दाबी छ । तर धवलशमेर रहेकै समितिले सरकारमा जाने निर्णय गरेको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने तयारी भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ