arrow

राप्रपाको दाउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
rajendra-lingden-rpp-ghosanapatra.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने तयारीमा छन् । अध्यक्ष लिङ्देन आफ्नो नेतृत्वमा चार मन्त्रालयको दाबी गर्दै आएका छन् ।

 लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री हुने सम्भावना छ। अन्य मन्त्रालयको भने टुङ्गो लागि सकेको छैन । तर हिजो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालय भागबन्डासम्बन्धी छलफलमा प्राय: सहमति भइसकेको बताइएको छ ।

 यता प्रतिनिधि सभाका ज्येष्ठ सदस्य तथा राप्रपाका सांसद पशुपति शमशेर राणाले उपराष्ट्रपति दाबी गरेका छन् ।

राप्रपाले बागमतीको सभामुख पाउने सत्ता साझेदार दलभित्र सहमति छ। त्यसका लागि राप्रपाले उम्मेदवारीसमेत दिइसकेको छ। प्रतिनिधिसभामा राप्रपाको १४ सिट रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ