- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। माघेसंक्रान्ति आएसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल, सखरखण्ड किन्न मानिसहरूको भिड लागेको छ । माघेसंक्रान्तिको दिन तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइन्छ ।
यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । माघ १ गते देश विदेशमा रहेका नेपालीहरूले पनि मकर सङ्क्रान्ति धूमधामका साथ मनाउने गर्छन् ।