arrow

जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
cricket-ballhitting-wickets.jpg.jpeg

जनकपुरधाम। मधेस प्रदेशको राजधानी जनकपुरधाममा ‘यु–१६ विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिप २०७९’ हुने भएको छ । हरिज स्पोर्टस जोनको आयोजनामा स्थानीय रंगभूमी मैदान ब्राहबिघामा माघ १५ गतेदेखि उक्त प्रतियोगिता हुने भएको हो  ।

जनकपुरधाममा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय क्रिकेट टिमका खेलाडीसमेत रहेका मधेस प्रदेश क्रिकेट टिमका कप्तान हरिशंकर साहले प्रतियोगितामा जनकपुरधामका निजी तथा सामुदायिक विद्यालयहरूको सहभागिता रहने बताए ।

बालबालिकालाई खेलप्रति रुचि जगाउन र मानसिक तथा शारीरिक रूपमा मजबुत बनाउने उद्देश्यका साथै प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराए।

लिगको आधारमा हुने प्रतियोगिताहरूमा जनकपुरधाम तथा आसपासका विद्यालयहरूले भाग लिने साहले बताए ।
प्रतियोगितामा पहिले आउने १६ वटा टिमलाई सहभागी गराइने र त्यसभन्दा बढी सङ्ख्या भए क्वालिफाईङ्ग प्रोसेसको आधारमा छनोट गरिने साहले पत्रकार सम्मेलनमा बताए ।

भोलिको दिनमा क्रिकेट खेलमा बालबालिकालाई अवसरलाई प्रदान गर्नु पनि यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको साहको तर्क थियो ।  प्रतियोगिताको विजेताले आकर्षक ट्रफि, मेडल र प्रमाणपत्रहरू प्राप्त गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ