- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बेइजिङ। चिनियाँ विशाल प्रविधि कम्पनी टेनसेन्टले कम्पनीको नीति उल्लङ्घन गरेको आरोपमा १०० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको जनाएको छ। हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र चिनियाँहरूको लोकप्रिय सामाजिक सञ्जाल विच्याटको लगानीकर्ता हो।
यस कम्पनीले विश्वभर इन्टरनेट, सूचना प्रविधि तथा कम्प्युटर र अन्य प्रविधिका लागि पुर्जा आपूर्ति पनि गर्छ । तर सन् २०२० को अन्त्यमा चीनको प्रविधि क्षेत्रमा नियम तथा कानुन उल्लङ्घन गरेको आरोपमा व्यापक दमनको सामना गरिरहेको छ ।
गत नोभेम्बरमा लगातार दोस्रो त्रैमासिक रूपमा आम्दानीमा गिरावट आएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै १०० भन्दा बढी कर्मचारीलाई आफ्नो जालसाजी विरोधी नीतिको उल्लङ्घन गरेको आरोप लगाएको छ ।
तीमध्ये १० जनाभन्दा बढीलाई चीनको सार्वजनिक सुरक्षा निकायमा स्थानान्तरण गरिएको छ ।
“कम्पनीभित्र भ्रष्टाचार र धोखाधडीको समस्याको प्रतिक्रियामा, टेन्सेन्टको जालसाजी अनुसन्धान विभागले आफ्नो कारबाहीलाई सशक्त पार्दै सामान्य समस्यासँगै उल्लङ्घनको शृङ्खलाको अनुसन्धान र सामना गरेको छ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“सन् २०२१ को तुलनामा सन् २०२२ मा अनुसन्धान र कारबाहीमा परेका मुद्दा र कर्मचारीको सङ्ख्यामा वृद्धि भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
ती अभियुक्तहरूले कम्पनीको रकम हिनामिना गरेको र घूस लिएको पाइएको छ, जसमा धेरै लाई प्रहरीमा पठाइएको छ र केहीलाई अदालतले समेत दोषी ठहर गरेको छ ।
बर्खास्त गरिएका र भ्रष्टाचारको आरोप लगाइएकामध्ये धेरै कम्पनीको समाचार, खेलकुद र चलचित्रहरूमा कम्पनीको व्यापक सामग्री उत्पादनको निरीक्षण गर्ने सार्वजनिक परामर्श समूह शाखाको हिस्सा थिए ।
तर उनीहरूले टेनसेन्टका क्लाउड कम्प्युटिङ र फिनटेकलगायत अन्य व्यवसायहरू पनि विस्तार गर्छन् ।
कम्पनीका अनुसार एक कर्मचारीलाई ‘गैर–राज्यकर्मचारीबाट घूस लिएको’ अभियोगमा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोनी माले गत महिना एक आन्तरिक कर्मचारी बैठकलाई सम्बोधन गर्दै कम्पनीमा भएको भ्रष्टाचारको स्तर ‘आश्चर्यजनक’ भएको बताएका थिए ।
बेइजिङले भिडियो गेममा नियामकीय कारबाही गरेपछि टेन्सेन्टलाई ठुलो धक्का लागेको छ, जसमा सयौं फर्महरूले आफ्ना उत्पादनहरूबाट ‘राजनीतिक रूपमा हानिकारक’ सामग्रीहरू हटाउने र सरकारी मागहरू पालना गर्न कम उमेरका खेलाडीहरूमाथि प्रतिबन्धहरू लागू गर्ने प्रतिज्ञा गरेका थिए ।
कम्पनीले पुनरुत्थानको सङ्केत देखाएसँगै सन् २०१७ पछि क्रमशः कम हुँदै गएको यसको सेयर अक्टोबर २८ देखि हङकङमा यसको शेयर मूल्य लगभग दोब्बर भएको छ ।
कम्पनीलाई १८ महिनामा पहिलो पटक गत महिना भिडियो गेमको सञ्चालनका लागि स्वीकृति प्रदान गरिएको थियो । यो निर्णयले विश्वको शीर्ष खेल निर्माताको मुनाफामा बाधा पुर्याएको सुक्खापनलाई अन्त्य गरेको थियो ।