arrow

लिङ्देनको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
rajendra-lingden-rpp-ghosanapatra.jpg

काठमाडौं । आज हुने मन्त्रिपरिषद् विस्तारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुँदै छ । राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा जाने तयारीमा छन् ।

हिजो भएको सत्ता साझेदार दलको बैठकको सहमति अनुसार राप्रपाले उपप्रधानमन्त्री सहित तीन मन्त्री र एक राज्यमन्त्री पनि पाउने भएको छ । 

राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बनेर सरकारमा जाने तयारीमा छन् । अन्य मन्त्रालयको भने टुङ्गो लागि सकेको छैन ।

यता प्रतिनिधि सभाका ज्येष्ठ सदस्य तथा राप्रपाका सांसद पशुपति शमशेर राणाले उपराष्ट्रपति बन्ने इच्छा राखेका छन् ।  प्रतिनिधिसभामा राप्रपाको १४ सिट रहेको छ । राप्रपा पूर्वराजले चलाइ रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ