arrow

नेपालको इतिहासमै ७९ वटा पेटेन्ट दर्ता छ, 'इनोभेसन' कसरी हुन्छ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
national-innovation-conference-nast.jpg

काठमाडौं। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले नेपाल रिसर्च एण्ड डेभलपमेन्ट एवं इन्नोभेसनमा निकै पछि रहेको बताएका छन्।

आज अर्थात् माघ १० गते नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट)ले आयोजना गरेको राष्ट्रिय इन्नोभेसन सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

विश्वभर अहिले ३४ लाख पेटेन्ट दर्ता रहेको बताउँदै उनले सबै भन्दा बढी चीनले र दोस्रोमा अमेरिकाले १५ लाख भन्दा पेटेन्ट दर्ताका लागि निवेदन दिएको बताएका छन्। 

नेपालले भने, इतिहासमै ७९ मात्र पेटेन्ट दर्ता गरेको बताउँदै उनले यसबाटै हामी कहाँ छौं भन्ने देखिएको उनले बताएका छन्।

यस्तै उनले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा नेपालको बजेट समेत निकै न्युन रहेको बताएका छन्।

लाईभ:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ