'स्थायी विकल्प बिना उठीबास बन्द गर' भन्दै माइतिघरमा प्रदर्शन (तस्बिरहरु)
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
1.6k
Shares
काठमाडौं। काठमाडौंको माइतिघरमा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले शान्तिपूर्ण आन्दोलन गरेका छन्। आफुहरुलाई कुनै किसिमको व्यवस्था नगरी सुकुम्बासी बस्तिमा डोजर चलाईएको विरोधमा उनीहरुले शुक्रबार विभिन्न नारा सहित माइतिघरदेखि वानेश्वरसम्म धर्ना गरेका थिए।
उनीहरुले भु-स्वामित्वसहितको लालपुर्जा वितरण गर, स्थायी विकल्प बिना उठिबास बन्द गर, भूमि अभियन्तामाथि लागेको झुटा मुद्दा निशर्त तत्काल फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।