प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
631
Shares
काठमाडौं । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।
त्यसै गरी, सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने कार्यसूची छ ।