arrow

प्रतिनिधि सभामा संविधानको पालना गर्न जोड, सांसदहरु बाझाबाझ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
parliament-2079-10-18a.jpg

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संविधानका आधारभूत विषयमा सरकारका मन्त्रीहरुबीच मत बाझिन नहुने र सार्वजनिक विवाद देखिन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै पन्तले मन्त्रीहरुबीच मत बाझिन नहुने बताएका हुन् । 

यसैगरी, नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद्का सदस्यहरुले संविधानको व्यवस्थाविपरीत बोल्न नहुने धारणा व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका  ज्ञानबहादुर शाहीले सांसदले बोलेको उक्त विषयप्रति आपत्ति जनाउँदै धर्म, गणतन्त्र र सङ्घीयताका सवालमा संसद्मा बोल्न पाउने व्यवस्था हुनुपर्ने माग गरेका थिए । 

राप्रपाका सांसद धवलशमशेर जबराले भने नेपाललाई पुनः हिन्दू राष्ट्र बनाएरै छाड्ने ठोकुवा गरे । संसदमा सांसदहरुबीच नियमापत्तिसहित बाझाबाझसमेत भएको थियो । 



नयाँ