क्रिश्चियन धर्म प्रचार गर्नेमाथि किन कारबाही भएन ? - प्रेम सुवाल
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
1.7k
Shares
काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हतियार व्यापारसँग जोडिएकाहरुलाई नेपालमा बोलाएर होलीवाइन खाने र क्रिश्चियन धर्मको प्रचार गर्नेहरुमाथि किन कारबाही भएन भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्, 'हतियार व्यापारसँग जोडिएकाहरुलाई नेपालमा बोलाएर होलीवाइन खाने र क्रिश्चियन धर्मको प्रचार गर्नेहरुमाथि किन कारबाही भएन ?'
बुधबार संसदीय बैठकमा बोल्दै सुवालले भने,' राष्ट्रिय सहमति भनेको दार्चुलामा माहाकाली नदी मिचेर तटबन्ध बनाएको टुलुटुलु हेरेर बस्ने हैन, नत सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने नै हो र साथ साथै देश र जनताको हितमा काम गर्न नसकेकाहरु दोहोराइ दोहोराइ प्रधानमन्त्री र मन्त्री बन्नु राष्ट्रिय सहमति हैन,' उनले भनेका छन्।