arrow
ADVERTISEMENT

के मौनता तोड्दै छन् रवि लामिछाने ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
ravi-lamichhane-home-minister-2079-09-11.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै रहेको बताएका छन् । 

नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको गत शुक्रबारको फैसलासँगै गत आइतबार नै पुनः नागरिकता लिएका रविले सामाजिक संजाल ट्वीटरमा आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताएका छन् । 

उनले नागरिकता लिएसँगै खोसिएको गृहमन्त्रीको पद पुनः चाहिरहेका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अदालतको पूर्णपाठ नआउँदासम्म लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिन खोजिरहेका छैनन् । 

लामिछानेले आफू अभिमन्यु नभएकोसमेत बताउँदै राजनीतिक चुनौती भने दिएका छन् । 

उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी  केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ