arrow

आरोन फिन्चले लिए संन्यास 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
IPL_Gujrat_Finch.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । राष्ट्रिय टिमका पूर्व टी–२० कप्तानसमेत रहेका ३६ वर्पे फिन्चले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिएका हुन् । 

फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे पनि घरेलु लिगहरु भने खेल्ने छन् । फिन्चले बिग बास लिग र अन्य घरेलु टी–२० लिगहरु खेल्ने छन् ।

फिन्चले गत सेप्टेम्बरमा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।

फिन्चले अष्ट्रेलियाका लागि ५ टेस्ट, १४६ एकदिवसीय र १०३ टी–२० खेलेका छन् ।

फिन्च अस्ट्रेलियाका लागि टी–२० क्रिकेटमा सर्वाधिक उच्च स्कोर बनाउने ब्याटर हुन् ।

टी–२० मा अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने ब्याटर पनि रहेका फिन्चले टी–२० करियरमा १०३ खेलमा दुई शतक र १९ अर्धशतकको मद्दतमा ३ हजार १२० रन बनाएको रेकर्ड छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ