- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। बेलायतले 'ब्रिटकोइन' नामक डिजिटल पाउण्ड सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताइएको छ। बैंक अफ इङ्गल्याण्ड र अर्थ मन्त्रालयले युनाइटेड किंगडम (युके)मा नयाँ डिजिटल मुद्रा लागू गर्न रोडम्याप बनाएसँगै ब्रिटकोइन सञ्चालनमा आउने अपेक्षा गरिएको हो।
बेलायती मिडियाले उद्धृत गरेका अर्थविद्हरुले युरोप र विश्वभरि नै नगद र कार्डहरूको विकसित प्रयोगका बीचमा बैंक अफ इङ्गल्याण्डले डिजिटल पाउन्ड जारी गर्न सक्ने उल्लेख गरेका छन्।
'नगद (नोट) पनि रहने नै छ, बैंक अफ इङ्गल्याण्डद्वारा जारी हुने र समर्थन गरिएको डिजिटल पाउन्ड भरपर्दो, पहुँचयोग्य र प्रयोग गर्न सजिलो भुक्तानका लागि नयाँ तरिका हुन सक्छ,' बेलायतका अर्थमन्त्री जेरेमी हन्टले एक आधिकारिक वक्तव्यमा भनेका छन्।
'त्यसैले हामी सधैं वित्तीय स्थायित्वको रक्षा गर्छौं र सुरुमा यो के कति सम्भव छ भनेर अनुसन्धान गर्न चाहन्छौं,' उनले अघि भनेका छन्।
ब्रिटकोइन ल्याउने बिषयमा बैंक अफ इङ्गल्याण्डले थप अनुसन्धान र विकास कार्य गर्नेभएको छ भने, यसमा बेलायती पब्लिकका सदस्यहरूलाई परामर्शका लागि आमन्त्रित गर्नेछ।
यसका लागि कोष विभाग र बैंक अफ इङ्गल्याण्डबीचको परामर्शमा करिब चार महिना लाग्ने बताइएको छ । ब्रिटकोइनको डिजाइन चरण कम्तिमा सन् २०२५ सम्म जारी रहने र यसै दशकसम्मा ब्रिटकोइन सञ्चालनमा आउन सक्ने ठानिएको छ।