arrow

डब्लूपीएलको अक्सनमा पाँच नेपाली खेलाडीको नाम दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
wpl-logo.jpg

काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्लूपीएल) को पहिलो संस्करणको अक्सनका लागि पाँच नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आयोजना गर्न लागेको डब्लूपीएको अक्सनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री, अलराउण्डर सीता रानामगर, अलराउण्डर कविता कुँवर, तिव्र गतिकी बलर अश्मिना कर्माचार्य र ब्याटर तथा उपकप्तान इन्दु बर्माले आफनो नाम दर्ता गराएका हुन् । बिसााईको अक्सन १३ फेब्रुअरीमा  मुम्बईमा हुनेछ ।

सो अक्सनका लागि अहिलेसम्म एक हजार पाँच सय खेलाडीले नाम दर्ता गराएका छन् र अक्सनका लागि खेलाडीको अन्तिम सूची यसै साता सार्वजनिक गरिने छ ।

मुम्बईमा हुने अक्सनमा अधिकतम ९० खेलाडीमा बोली लाग्नेछ । पाँच टोली रहेको डब्लूपीएलमा एक टोलीले न्युनतम १५ देखि अधिकतम १८ जनासम्म खेलाडी अनुबन्ध गर्न पाउने छन् । 

प्रत्येक टोलीले शुरुआती ११ मा पाँच विदेशी खेलाडी खेलाउन पाउँदा कम्तीमा पनि एक एसोसियट राष्ट्रका हुनुपर्नेछ । त्यसैले पनि नेपाली खेलाडीले डब्लूपीएल खेल्न पाउने उच्च सम्भावना रहेको छ ।

सो प्रतियोगिता मार्च ४ देखि २६ सम्म सञ्चालन मुम्बईको ब्रेबोर्नी स्टेडियम र डिवाई पाटिल स्टेडियममा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ