arrow

डब्लूपीएलको अक्सनमा परेनन् नेपाली खेलाडी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
wpl-logo.jpg

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पहिलो पटक आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लूपीएल) को अक्सनमा कुनै पनि नेपाली खेलाडी परेनन् । 

नेपालका पाँच खेलाडीले आफ्नो नाम दर्ता गराएपनि सर्टलिष्टमा कुनै नेपाली खेलाडी नपरेका हुन् । सो अक्सनका लागि पाँच नेपाली खेलाडी कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अश्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माले नाम दर्ता गराएपनि सर्टलिष्टमा पर्न नसकेका हुन ।

बीसीसीआईले १ हजार ५ सय २५ खेलाडीले अक्सनको लागि नाम दर्ता गराएका पनि सर्ट लिष्टमा भने ४ सय ९ खेलाडी मात्र परेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ