- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिएको तथा आसन्न राष्ट्रपति निर्वाचनका विषयमा शंका बढ्दै गएको बेला प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन ।
रास्वपालाई गृह मन्त्रालय दिनु पर्ने ओलीको सुझावलाई प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेपछि दुवै नेताकाबीच पनि समझदारीमा समस्या आउने देखा परेकाो अवस्थामा दुवै नेताबीच भेटघाट बाक्लिन थालेको हो ।
सत्तारुढ दल भित्र दुई महिना नपुग्दै देखा परेको किचलो हल गर्नका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच दिनहुँ भेटघाट हुने क्रम बढेको छ । तर निष्कर्ष भने निष्कन सकेको छैन ।
ओलीले रास्वपालाई चापेको भए पनि रास्वपा सभापति रवि लामिछाने आफूले गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने अडान गरेसँगै सिङ्गो पार्टीका मन्त्रीहरुले नै सरकार छाड्नु पर्यो ।
ओली फेरि पनि रास्वपालाई सरकारमा लैजानमा छन् भने प्रचण्ड रास्वपालाई छाडेर जसपा र नेकपा एसलाई सरकारमा भित्र्याउने कसरतमा छन् ।
अर्कातर्फ राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नेतर्फ प्रचण्ड लागेका छन् भने ओली आफ्नो भागमा परेको राष्ट्रपति आफ्नै पार्टीबाट हुनुपर्नेमा छन् ।
आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । तर निकास भने निस्कन सकेको छैन । फुक्न भन्दा कस्सिदै गरेको गाँठो फुकाउन कहिले प्रचण्ड ओली निवासमा जान्छन् भने प्रायः ओली बालुवाटार जाने गरेका छन् ।