arrow

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने, राष्ट्रपतिको विषय टुंग्याउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
prachanda-gathabandhan-oli-lingden-ravi.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उनीहरुबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको जनाइएको छ । 
    
भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले भने, “उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्छौँ र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा भोलि छलफल गर्छौँ । सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ । सहज रूपमा कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल गर्छौँ ।” 

भेटवार्तामा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताएको ओलीको सचिवालयले जनाएको छ । 

सो अवसरमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएको सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ