arrow

रविको आइतबारे विचारको पार्टीभित्रै फरक मत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
rsp-party-rastriya-swatantra -party.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गत आइतबारको पत्रकार सम्मेलनको विरोध पार्टीभित्रै भइरहेको छ । 

सो क्रममा पार्टीका केन्द्रीय सदस्य अरनिको पाण्डेले सभापति रविको पत्रकार सम्मेलनको हिस्सा आफू नभएको बताएका छन् । 

उनले सामाजिक संजाल ट्वीटरमा आज ट्वीट गर्दै आफू आइतबार पार्टीले गरेको निर्णयको जश लिने तर पत्रकार सम्मेलनको जश नलिने बताएका छन् । 

उनले पार्टी एक नेताको भावनाभन्दा माथि उठ्नु पर्ने उल्लेख गर्दैै युवा, सीमान्तकृत र नेपालका आशावादीहरुको पक्षमा उभिनुपर्नेमा जोड दिएका छन् । 

गत आइतबार सभापति रविले पत्रकार सम्मेलन गर्दै सञ्चारमाध्यममाथि आक्षेप लगाएका थिए । उनी आफू नागरिकताको दोषी पाइएसँगै गत माघ १३ गते सर्वोच्च अदालतबाट सांसदबाट पदमुक्त भएका थिए । उनी सार्वजनिक पदबाट मुक्त भएसँगै त्यसको रीस मिडियामाथि पोखेका थिए । 

उनले आफूविरुद्ध समाचार लेख्नेलाई कारबाही गर्नेसम्मको चेतावनी दिँदै विधिको शासनको धज्जी उडाएका थिए । 

रविको उक्त कदमको सर्वत्र आलोचना भइरहँदा पार्टीभित्र पनि व्यक्तिगत धारणालाई पार्टीले जश नलिने विचार व्यक्त भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ