arrow

सबै कम्युनिष्ट पार्टीमा वैचारिक संकट आएको नारायणकाजीको ठहर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
narayankaji-shrestha-2079-10-25.jpg

महोत्तरी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफू मन्त्री बनेदेखि नै सम्बन्धित क्षेत्रमा सुशासन स्थापित गर्न लागिपरेको बताएका छन्  ।

महोत्तरीस्थित बर्दिबासमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले विकासको मुख्य मेरूदण्डको रुपमा रहेको सुशासन स्थापित गर्न आफू लागिपरेको बताएका हुन् । 

यातायात र भौतिक पूर्वाधारको क्षेत्रमा चरम बेथिति रहेको स्वीकार्दै उनले सुशासन स्थापनासँगै यसको समाधान हुनेमा विश्वास व्यक्त गरे । नेपालमा वैचारिक र सांस्कृतिक अवस्था स्खलित भएको हुनाले कम्युनिष्टहरू उपभोक्तावादको शिकार भएको उनले बताए । 

माओवादी केन्द्रमासमेत वैचारिक संकट रहेको स्वीकार गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘ कम्युनिष्ट आन्दोलनलाइ जीवन्त बनाइराख्न रुपान्तरण गर्दै पुनःगठनको प्रक्रियामा लैजानुपर्छ ।’ 

वैचारिक र सांस्कृतिक अवस्थालाई मध्यनजर गर्दै मन्त्री श्रेष्ठले कम्युनिष्टहरूमा एकताको आवश्यकता औँल्याए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ