arrow

रियाल मड्रिड क्लब विश्वकपको फाइनलमा, अल अहली ४–१ ले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
real-madrid-club-world-cup-2023.jpg

काठमाडौं । । स्पेनिश क्लब रियाल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति मोरोक्कोमा भएको सेमिफाइनलमा इजिप्टको अल अहलीमाथि ४–१ गोल अन्तरको सहज जित निकाल्दै रियाल फाइनलमा पुगेको हो ।

४२ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियालको अग्रता दोब्बर पारे ।

६५ औं मिनेटमा अल आलीमन मालोउलले पेनाल्टीमार्फत गोल गर्दै अहलीलाई खेलमा फर्काउने प्रयास गरे । ८७ औं मिनेटमा लुका मोड्रिच पेनाल्टीमा चुक्दा रियालले खेलमा ३–१ को अग्रता लिने मौका गुमाउनु परेको थियो ।  

तर खेलको इन्जुरी समयमा रोद्रिगोले गोल गर्दै रियाललाई ३–१ को स्थितिमा पुर्याए । लगत्तै सर्जियो आरिबासले गोल गर्दै रियाललाई ४–१ ले जिताए । 

अब रियालले उपाधिका लागि फाइनलमा साउदी अरेबियाको अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ। 

हिलालले सेमिफाइनलमा फ्लामेंगोलाई ३–२ ले हराएको थियो । तेस्रो स्थानका लागि फ्लामेंगो र अहली खेल्नेछन् । 

फाइनल खेल १२ फेब्रुअरीमा र तेस्रो स्थानको खेल ११ फेब्रुअरीमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ