arrow

प्रचण्ड–ओली छलफलमा, उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
prachanda-oli-pm.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच छलफल बसेको हो । 

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको हो । हिजो ओली निवास बालकोटमा दृुई नेताबीच संयन्त्रको बैठक बस्ने सहमति भएको थियो । डेढ महिनामै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिएपछि सत्तारुढ दलमा बढेको खटपटले चरम रुप लिँदै गर्दा संयन्त्रको बैठक बस्न नसकेको हो । 

त्यस्तै सुदूरपश्चिम सरकारका मुख्यमन्त्रीले समेत विश्वासको मत पाउन नसकेको अवस्थामा संयन्त्रको बैठक अलमलमा परेको हो । 



नयाँ