arrow

देशमा केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउनु पर्दछ: राष्ट्रपति भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
bidhya-devi-bhandari1.jpg

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले 'देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा पूर्ण परिवर्तन ल्याउनु पर्ने' बताएकी छिन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले आजका युवा नयाँ कुरा गर्न र सिक्न चाहने हुनाले परम्परागत श्रमका क्षेत्रले मात्र श्रमबजारमा आउने जनशक्तिको अपेक्षा पूरा गर्न नसक्ने उनले बताएकी छिन् ।

'तसर्थ बजारको माग अनुरुपको जनशक्ति उत्पादन गर्न सक्षम हुने गरी शैक्षिक प्रणालीमा सुधार गर्ने तथा सीप परीक्षण गर्ने कार्यलाई एकीकृत ढंगबाट अघि बढाउनु पर्छ,' राष्ट्रपति भण्डारीले भनेकी छिन् ।

राजनीतिले लय समात्यो, अब ध्यान समृद्धितर्फ केन्द्रित हुनुपर्छ: राष्ट्रपति भण्डारी

यस्तै उनले सार्वजनिक सेवा प्रणाली चुस्त, दुरुस्त र नागरिकले घर दैलोमै सरकार छ भन्ने महसुस गर्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनु पर्ने बताएकी छिन् ।

यस्तै उनले एउटै प्रकारको कागजात भिन्न भिन्न सरकारी निकायमा प्रस्तुत गर्नुपर्ने बाध्यतालाई तत्काल हटाउन हाल सञ्चालनमा रहेका सरकारी प्रणालीहरुले एकअर्कासँग सजिलै सञ्चार गर्न सक्ने गरी अन्तरआबद्धता कायम गर्नुपर्ने बताएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ