arrow

चोरी आरोपमा बालकलाई छ घण्टा बन्धक बनाएर कुटपिट [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
chor-balak-khutrike.jpg

महोत्तरी । महोत्तरीको बर्दिबासमा एक बलकलाइ ६ घण्टासम्म बन्धक बनाएर निर्घात कुटपिट भएको छ । बर्दिबास १२ बस्ने १४ वर्षीय इन्द्रजितकुमार महतोलाई माटोको खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानीयले निर्ममतापूर्वक कुटपिट गरेका हुन् । 

पीडित परिवारकाअनुसार स्थानिय युवाहरु रन्जित महतो, सन्जित महतो, हरि महतो, रामजन्म महतो, सुशील महतो र रन्जित चौधरीले ६ घण्टासम्म बन्धक बनाएर कुटपिट गरेका कारण बालकको शरीरभर चोटपटक लागेको छ।  

स्थानीय प्रत्यक्षदर्शीका अनुसार पीडक युवाहरुले बालकलाई मोटरसाइकलको पछाडि राखेर घिसार्दै आरोपित मध्यका सन्जित महतोको घरमा पुर्‍याएर ६ घण्टासम्म यातना दिएको पीडित परिवारले बताए । 

गत २३ माघमा भएको उकत घटनाको अहिले खुलासा भएको हो । सो दिन मध्यानह १२ बजे नियन्त्रणमा लिएर साँझ ६ बजेमात्र छाडेको पीडित बालक इन्द्रजित महतोले बताए । 

‘मलाइ बाइकमा घिसारेर सन्जित महतोको घरमा पुर्‍याए अनि डोरीले दुवै हात बाँधेर झुण्ड्याएर कुटपिट गरे’,  पीडित इन्द्रजितले रूदैँ भने, ‘खुकुरी देखाए, पैतालामा तारले कुटे, मलाई पानीमा मुन्टो डुबाए अनि पैतालामा पनि असहय हुनेगरी पिटे,  टाउकोमा पनि औँठी लगाएको हातले जोडले मारे ।’

 हिँडडुल गर्नसमेत समस्या बनिरहेको अवस्थामा उनी विद्यालयसमेत जान सकेका छैनन् ।

यता घटना भएको भोलिपल्ट नै प्रहरी चौकी हात्तिलेटमा निवेदन दिएता पनि प्रहरीले त्यस्को खासै वास्ता गरेको छैन । हात्तिलेट स्थित प्रहरी चौकीका इन्चार्ज इन्द्रजित ठाकुरले घटनाको विषयमा जानकारी भएता पनि पीडितहरु नै जाहेरी दिन नआएको जिकिर गरेका छन् ।  तर पीडित पक्षले प्रहरी चौकीबाट ३ सय दस्तुर लिएर निवेदन दर्ता गरिसकेको दाबी गरेका छन् । 

 

newskarkahna-news457621..jpg
कुटपिट
newskarkahna-news457622..jpg
कुटपिट
newskarkahna-news457623..jpg
कुटपिट
newskarkahna-news457624..jpg
कुटपिट
newskarkahna-news457625..jpg
कुटपिट
newskarkahna-news457626..jpg
कुटपिट
newskarkahna-news457627..jpg
कुटपिट
newskarkahna-news457628..jpg
कुटपिट


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ