arrow

दुई भारतीय सुनजस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
TIA.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । विमानस्थलको आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५०० ग्रामसहित भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई शनिबार पक्राउ  गरेको प्रहरीले जनाएको छ । 

इन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुनजस्तो देखिने धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ