arrow

काठमाडौंमा देउवादेखि रेशम चौधरीसम्मलाई भेटे मुख्यमन्त्री शाहले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
kamal-bahadur-shah-chief-minister-far-western-province.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सुदूरपश्चिम प्रदेशको सरकारमा हालै नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले राजनीतिक सक्रियता र भेटघाटलाई तिब्रता दिएका छन् । मुख्यमन्त्री नियुक्त भए लगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कैलालीस्थित निवासमा भेटघाट गरेका शाहले काठमाडौं आउने बितिक्कै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

सरकार निमार्णमा सहयोग गरे पनि २७ पुसमा विश्वासको मत नदिएको नागरिक उन्मुक्तिका कारण सुदूरपश्चिमा एमाले नेतृत्वको सरकार एक महिनामा ढलेको थियो । एमाले सरकार ढलेपछि ठूलो दलका नाताले मुख्यमन्त्री भएका शाहले मुख्यमन्त्रीको सपथ लिन पाएका छन् ।  हिजो उन्मुक्ति पार्टी सभापति श्रेष्ठलाई भेटघाट गरेर उनका पति तथा पूर्व सांसद रेशमलाल चौधरीलाई रिहा गर्ने आश्वासन दिएका थिए । 

 कैलालीमा सो आश्वासन दिएका मुख्यमन्त्री शाहले डिल्लीबजारस्थित सदरखोरमा पुगेर रेशमलाल चौधरीसँग पनि भेटघाट गरेका छन । भेटघाटको पूर्ण विवरण भने सार्वजनिक भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ