arrow
ADVERTISEMENT

द्वन्द्व पीडितलाई न्याय गर’ [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
falgun1-black-day (6).jpg

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फागुन १ गतेलाई दिएको सार्वजनिक बिदाप्रति यत्रतत्र विरोध भइरहेको छ । सशस्त्र द्धन्द्धकै कारण कम्तीमा १७ हजार नेपालीले ज्यान गुमाए भने हजारौं घाइते भए । 

त्यस्तै हजारौंले बसाइसराई गर्नुपरेको थियो । त्यस्तै भन्दा आतंक भोग्नु परेको थियो । तर अहिले आएर ‘जनयुद्ध दिवस’ को नाममा फागुन १ गते सरकारले सार्वजनिक बिदा दिएपछि भने चर्को आलोचना भइरहेको छ । 

अहिले पनि सशस्त्र द्धन्द्धका पीडितले राहत पाएका छैनन् । सोही कारण सार्वजनिक बिदा खारेज गर्न माग गर्दै ‘द्वन्द्व पीडितलाई न्याय गर’ भन्ने नाराका साथ द्वन्द्व पीडित समुदाय र नागरिक समाजको आयोजनामा जिल्ला प्रशासन कार्यालय जाने बाटोमा विरोध प्रदर्शन गरेका छन् । 

उनीहरुले फागुन १ लाई कालो दिनको रुपमा चित्रित गरेका छन् । 

falgun1-black-day (6).jpg
falgun1-black-day (7).jpg
falgun1-black-day (1).jpg
falgun1-black-day (2).jpg
falgun1-black-day (3).jpg
falgun1-black-day (4).jpg
falgun1-black-day (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ