arrow

जापानमा कार्कीको नेतृत्वमा नेपाली जनसम्पर्क कार्यसमिति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
japan-nepal-jansampark.jpg

काठमाडौं । लामो समयको विवादपछि नेपाली जनसम्पर्क समिति जापानले नयाँ नेतृत्व पाएको छ। जापानको फुकुओकाको क्युशुमा सम्पन्न जापानको ऐतिहासिक बृहत् क्रियाशील राष्ट्रिय कार्यकर्ता भेलाले डिका कार्कीको नेतृत्वमा नेपाली जनसम्पर्क समितिको ३१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

यसअघि सन् २०१६ मा भएको छैटौँ अधिवेशनमा दुई पक्षबीच विवाद बढेपछि एक एक वर्षको कार्यकाल बाँडफाँड गरी पहिलो एक वर्षे कार्यकालका लागि डन्डपाणि कँडेल (डिपी) को नेतृत्वमा १० जना उपसभापति सहित ७० जनाको समिति र दोस्रो एक वर्षे कार्यकालका लागि लालबहादुर केसी (रोशन) को नेतृत्वमा उनै १० जना उपसभापति सहित ७० जनाको केन्द्रीय समिति बनेको थियो ।

विधानअनुसार सन् २०१८ मा नै सातौँ अधिवेशन गरी नयाँ समिति निर्वाचन गर्नुपर्ने भए पनि विभिन्न विवादहरूकै कारण अधिवेशन हुन सकेको थिएन ।

रोशन केसी नेतृत्वको समितिलाई बारम्बार अधिवेशन गर्न जापान बसी नेपाली कांग्रेसका क्रियाशील सदस्यहरूले माग गर्दा पनि जिम्मेवारी हस्तान्तरण पनि नगर्ने र अधिवेशन गर्न पनि कुनै ताकेता नगरिरहेको परिस्थितिमा अहिले आएर नयाँ कार्यसमिति चयन हुन सफल भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ