arrow

उपप्राध्यापक पन्थीका पिताको निधनमा लुम्बिनी वाणिज्य क्याम्पसले गर्‍यो श्रद्धाञ्जली सभा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
chandrakanta-panthi.jpg
तस्बिर – फाइल ।

बुटवल । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलद्वारा त्यस क्याम्पसमा अध्यापनरत उपप्राध्यापक हिरण्य पन्थीका पिता पं.चन्द्रकान्त पन्थीको निधन भएको सातौं दिनको पुण्यतिथिका दिन उनकै वासस्थान बुटवल १३ झोलुङ्गेपुलमा एक कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरियो । 

क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले स्व. पन्थीको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गरे । आजादले स्व. चन्द्रकान्त पन्थीको शैक्षिक एवं सामाजिक योगदान अत्यन्तै अनुकरणीय र सराहनीय रहेको बताए ।

त्यस्तै अक्सफोर्ड कलेज,झोलुङ्गेपुल टोल विकास संस्था,नेकपा एमाले शाखा कमिटी १३, सिध्देश्वर लालकुमारी मा।वि।ले पनि छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी स्व। चन्द्रकान्त पन्थी प्रति हार्दिक श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरेका थिए ।

स्व. चन्द्रकान्त पन्थी गुल्मी जिल्लाको मदाने–७ मा वि.स. २००० बैशाख २० मा जन्मेका थिए । पश्चिम  गुल्मीको शैक्षिक विकासमा स्व. पन्थीको महत्त्वपूर्ण योगदान रहेको थियो ।

स्व. पन्थी गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाजका संस्थापक अध्यक्ष हुन् । उनका केही पुस्तकाकार र फुटकर रचनाहरू पनि प्रकाशित भएका छन् । स्व. पन्थी वामपन्थी आन्दोलनका एक अगुवा र सक्रिय कार्यकर्ता थिए । स्व. चन्द्रकान्त पन्थीका एक श्रीमती, दुई छोरा र तीन छोरी रहेका छन् ।

पन्थीका कान्छा छोरा  राजेन्द्र पन्थी अमेरिकामा कर्मरत छन् । उनी हाम्राकुराका स्तम्भकार पनि हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ