- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर। राष्ट्रिय एकता अभियानले आइतबार काठमाडौँमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल–भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ। अभियानका अध्यक्ष विनय यादवको अध्यक्षता तथा अभियानका संरक्षक मण्डलका सदस्य एवम् नोवेल मेडिकल कालेजका डाइरेक्टर डा. निरन्जनकुमारको प्रमुख आतिथ्यमामा आयोजित गोष्ठीमा अभियानकी उपाध्यक्ष सुनिता साह, अभियन्ता हेमन्त लामा, काजी कार्की, अभियानका केन्द्रीय सदस्य डा प्रभात कुशवाहा, धार्मिक अभियन्ता खेमनाथ आचार्य, अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा वक्ताहरूले दुई देशबीचको भौगोलिक, सांस्कृतिक, व्यापारिक र राजनीति सम्बन्धका विषयमा चर्चा गरेका थिए। भारत र नेपालको आत्मा एकै भएको तर्क गर्दै नेपालको विकासमा भारतले पुर्याइएको योगदानको कदर गर्नुपर्ने उनीहरूको तर्क छ।
नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै उनीहरूले त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको बताए। उनीहरूले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने तर्क गरेका छन्।