arrow

लाखौँ कतारी रियलसहित विमानस्थलबाट क्यान पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
pakrau9.jpg

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लाखौँ कतारी रियल दिल्ली लैजान खोज्ने एक टर्कीस् नागरिक पक्राउ परेका छन् ।
 
 भारतको दिललीतर्फ लैजान लागेको रु एक लाख २६ हजार तीन सय कतारी रियलसहित टर्कीस् नागरिक २९ वर्षीय हिड्ली क्यानलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
 
उनका अनुसार एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ