arrow

नामिबियाले नेपालमा खेलेका सबै खेल हार्‍यो, अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
namibia-2023-02-20.jpg

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट श्रृंखलामा नामिबियाले सबै खेल हारेको छ । नामिबियाले अन्तिम खेलमा स्कटल्याण्डसँग हार बेहोर्यो । 

कीतिपुर मैदानमा सोमबार भएको खेलमा नामिबिया ४३ रनले पराजित भएको हो । स्कटल्याण्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १७८ रनमा अलआउट भयो । 

लोहार्ड लोहारेन्सले ६७ बलमा ५२ रन बनाए । कप्तान ग्रेहार्ड इरास्मसले ३८ बलमा ४३ तथा जेन ग्रिनले ४० बलमा २५ रन बनाए । 

स्कटल्याण्डका लागि मार्क वाटले ४, माइकल लिस्कले ३ तथा ब्राण्डन म्याकमुलानले २ विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा अलआउट हुँदै २२१ रन बनायो । स्कटल्याण्डका लागि क्रिटोफर म्याकब्रिडले ७५ बलमा ४७ रन बनाए । टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ बनाए । 

प्लेयर अफ द म्याच रुबेन ट्रम्पेलम्यानले ९.४ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । 

यो हारसँगै नामिबियाले नेपालसँग दुवै तथा स्कटल्याण्डसँग दुवै खेल हारेको हो । स्कटल्याण्डको भने यो तेस्रो खेलमा दोस्रो जित हो । अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड भोलि खेल्दैछन् । 

नेपालले यसअघिका सबै तीन खेल जितेको छ । स्कटल्याण्डलाई पहिलो खेलमा हराएको नेपालले अन्तिम खेलमा पनि जित हासिल गर्दै सुखद अन्त्य गर्न चाहन्छ ।

विश्वकप लिग–२ अंक तालिका

सात टोली सहभागी विश्वकप लिग–२ मा स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकसहित शीर्ष स्थानमा छ । स्कटल्याण्डले यसअघि पहिलो खेलमै जित हासिल गर्दै विश्वकप लिग २ को च्याम्पियन बनिसकेको छ । 

अब भोलि लिग – २ को अन्तिम खेल नेपालसँग खेल्दैछ । 

दोस्रो स्थानको ओमानको ३६ खेलबाट ४४ अंक छ । तेस्रो स्थानको नामिबियाको ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंक छ ।

चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ अंक छ । यूएईले २६ खेलमा २७ अंक जोडेर आफूलाई पाँचौं स्थनमा राखेको छ । नेपाल २७ खेलमा २४ अंकसहित छैटौं स्थानमा छ । पपुवा न्यूगिनी २८ खेलबाट ५ अंकसहित पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ