arrow

रवि र लिङ्देनसँग आरजूको गोप्य वार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
arzu-ravi-lingden.jpg

काठमाडौं । सत्ता समीकरणको रस्साकस्सीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू राणा देउवाले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्न थालेकी छिन् । 

सोमबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटघाट गरेकी छिन् । उनीहरुलाई राणाले छुट्टाछुट्टै भेटघाट गरेकी हुन् । 

सोमबार बिहान रविले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि राणालाई भेटेका हुन् । उनीहरुबीच गैर कम्युनिष्ट पार्टीको सरकार बन्ने संभावना र राष्ट्रपति निर्वाचनमा एमाले बाहेकका दलहरुबाट उम्मेदवार बनाउने विषयमा छलफल भएको स्रोतको दाबी छ । 

भेटघाटमा ललितपुरको एक निजी घरमा उनीहरुबाी गोप्य वार्ता भएको स्रोतको दाबी छ । सोमबार नै नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनका सम्बन्धमा कुनै पनि निर्णय नगरेको अवस्थामा कांग्रेस नेतृ राणाले दुई दलका नेताहरुलाई भेटेर राजनीतिक कोर्स परिवर्तन गर्न खोजेको आभाष दिलाएकी छिन् ।

 ‘आरजू राणालाई भेट्न रवि लामिछाने र राजेन्द्र लिङ्देन आउनु भएको थियो’, राणा निकट रहेका एक नेताले बताए । राष्ट्रपतिमा निर्वाचित हुने निश्चित भए शेरबहादुर देउवा आफैँ राष्ट्रपतिका लागि तयार हुने हल्ला चलिरहेको  र आरजू राणाले चुनाव लक्षित भेटघाट गर्नुले राजनीतिमा कोर्स करेक्सनको दिशातर्फ उन्मुख हुन लागेको हो कि भन्ने शंका गरिएको छ । 

सोमबार बिहानमात्रै रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर एमालेसहित बनेको सत्ता गठबन्धन नभत्किने र राष्ट्रपतिमा एमालेलाई सहयोग गर्ने बताएका थिए । 

तर दिउँसो आरजू राणासँगको भेटघाटमा के भयो भन्ने बारेमा केही पनि जानकारी बाहिर आएको छैन । उता लिङ्देनले पनि के विषयमा कुराकानी गरेका छन् भन्ने बारेमा कुनै जानकारी आएको छैन । 

अहिले सत्ता समस्करण र राष्ट्रपति निर्वाचनको माहोल चलिरहेको बेला उनीहरुबीच सोही विषयमा कुराकानी भएको हो भन्ने अनुमान गरिएको छ । 

आइतबार साँझ राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न कांग्रेस देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा र कृष्णप्रसाद सिटौलालाई साथमा लिएर बालुवाटार पुगी प्रचण्डसँग छलफल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ