arrow

टस जितेर नेपाल फिल्डिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला फिल्डिङ बसेको हो । सोसँगै स्कटल्याण्डले पहिला ब्याटिङ गरेको छ  ।

यस सिरिजमा नेपाल लगातार चौथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेल नेपालले विजयी हासिल गरेको थियोे । नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । 

त्यस्तै नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अङ्कका साथ छैटौँ स्थानमा छ ।

त्यस्तै स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र नौ मा हारका साथ ५० अङ्कका साथ शीर्षस्थानमा छ । नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ