arrow

राप्रपा सरकारबाट बाहिरिने, समर्थन फिर्ता लिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
rpp-raprapa.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ । राप्रपाको बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । 

राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यसअघि हिजोमात्रै समर्थक र प्रस्तावकमा तटस्थ बस्ने निर्णय गरेको राप्रपाले नेपाली कांग्रेसको पकड बलियो भएसँगै सत्ताबाट बाहिरिने निर्णय गरेको एक नेताले बताए । 

उनले पार्टी नेतृत्वले हतार गरेकोसमेत बताए । 

अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट बाहिरिने निर्णय गरेको र राजीनामा बुझाउन जान लागेको बताएका छन् । लिङ्देनको नेतृत्वमा सरकारमा गएको राप्रपाका चार मन्त्री रहेका छन् । 

योसँगै राप्रपाले प्रचण्डलाई दिएको समर्थनसमेत फिर्ता लिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ