पुल पुनःनिर्माण गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
1k
Shares
धनुषा । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले हुलाकी सडकअन्तर्गत धनुषा-सिरहा जोड्ने जीर्ण कमला पुलको पुनर्निर्माण तत्काल सुरु गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।
यहाँस्थित कमला पुलको सोमबार स्थलगत निरीक्षण गर्ने क्रममा उनले निर्माणको जिम्मा पाएको लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई सो निर्देशन दिएका हुन् ।
“निर्माण व्यवसायी कम्पनीले ढिलोमा दुई हप्तामा काम सुरु गर्नुपर्छ । बोल्ने एउटा र गर्ने अर्को कुरा अब सह्य हँुदैन”, उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भने, “राज्यद्वारा जनतालाई हानि नोक्सानी पुर्याउने गरी विकास निर्माणको काम अलपत्र पर्छन् भने त्यो सह्य हँुदैन, छुट दिन सकिँदैन । यसका लागि सरकार निर्मम भएर अगाडि बढ्छ ।”